क्रिकेट खेल्दा खेल्दै भारतीय खेलाडीको मृत्यु


३० पुष २०७५, सोमबार
kheladi

काठमाडौं, ३० पुस । क्रिकेट खेल्दा खेल्दै एक भारतीय खेलाडीको ज्यान गएको छ । रन लिने क्रममा एक भारतीय क्रिकेटरको हर्टअट्याकको कारण ज्यान गएको हो ।

kheladi

खेलमा रन लिएपछि जब नन स्ट्राइकमा पुगे । तब उनी मैदानमा ढलेका थिए । यसपछि उनलाई उपचारका लागि अस्पताल लैजाने क्रममा उनको ज्यान गएको भारतीय मिडियाहरूले जनाएका छन् ।

गोवाका पूर्व रणजी क्रिकेटर ४६ वर्षीय राजेश घोडगे आइतबार दक्षिण गोवामा भइरहेको एक प्रतियोगितामा रन लिए लगत्तै मैदानमै ढलेका थिए । प्रतियोगितामा ३० रन बनाइसकेका घोडगे नन स्ट्राइक हुना साथ मैदानमा ढलेको प्रतियोगिता आयोजक मार्गावो क्रिकेट क्लबका सचिव पूर्व भाम्ब्रेले जानकारी दिएका छन् ।

मैदानमै लडेका उनलाई नजिकको ईएसआई अस्पतालमा लगिएको थियो । त्यसपछि थप उपचारका लागि ३० किमी टाढा एक निजी अस्पतालमा भर्ना गरिएको थियो । तर अस्पताल भर्ना गरेलगत्तै चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए ।

cr

घोडगे प्रतियोगिता आयोजना गर्ने क्लबका सचिव समेत थिए । भाम्ब्रेका अनुसार यसअघि उनलाई स्वास्थ्य सम्बन्धी कुनै समस्या थिएन । घोडगेले गोवाका लागि दुई पटक रणजी प्रतियोगिता खेलेका थिए । यस्तै सन् १९९० को दशकमा उनले कही एक दिवसीय प्रतियोगिता समेत खेलेका थिए । यसअघि पनि अष्ट्रेलियाका फलिपि ह्रयूजले क्रिकेट मैदानमै ज्यान गुमाएका थिए । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७