कितावखानामा अद्यावधिक नभएका कर्मचारीले पनि फाराम भर्न पाउने


३० पुष २०७५, सोमबार
karmachari

काठमाडौं, ३० पुस । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती किताबखानामा अद्यावधिक नभएका कर्मचारी पनि समायोजनका लागि फाराम भर्न सक्ने व्यवस्था गरेको छ ।

karmachari

समायोनजका लागि फाराम भर्न दुई दिन मात्र बाँकी रहँदा अद्यावधिक गर्न बाँकी भएका कर्मचारीले समेत समायोनजका लागि फाराम भर्न सक्ने मन्त्रालय समायोजन शाखाका उपसचिव अनिता निरौलाले जानकारी दिए ।

यसअघि अनिवार्य रुपमा विवरण अद्यावधिक गरेरमात्र मन्त्रालयले फाराम भर्न निर्देशन दिएको थियो । उनले कर्मचारीको व्यक्तिगत विवरण आवेदन दिने समय सीमाभित्र पनि अद्यावधिक भइनसकेका भएता पनि हालको विवरणलाई आधार मानेर समायोजनका लागि आवेदन दिनसक्ने व्यवस्था मिलाइएको जानकारी दिए ।

समायोजनका लागि कर्मचारीले आफू रहेको कार्यालय, पद, हालको पदमा भएको नियुक्ति मिति र हालको पदमा भन्दा एक तह तल रहेको पदको नियुक्ति मिति अद्यावधिक गराउनुपर्ने हुन्छ ।
किताबखानामा मोबाइल नम्बर अद्यावधिक नभएका कर्मचारीले मोबाइलबाट प्राप्त हुने कोडको सट्टा सफ्टवेयरले मागेको विवरण भरी समायोजनका लागि आवेदन दिनसक्ने उनले जानकारी गराए ।

निजामती किताबखानाका प्रवक्ता राजेन्द्र पराजुलीका अनुसार अहिलेसम्म करीब ३४ हजार ५ सय कर्मचारीले विवरण अद्यावधिक गराएको जानकारी गराए । किताबखानामा करीब ८९ हजार कर्मचारीको विवरण रहेको छ । सरकारले ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ ल्याएर यही पुसभित्र कर्मचारीलाई सङ्घ, प्रदेश र स्थानीय तहमा समायोजन गर्दैछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७