अब पुरुषका लागि पनि गर्भनिरोधक सुई, एक पटक लगाए १३ वर्षसम्म ढुक्क


३० पुष २०७५, सोमबार
sui

काठमाडौं, ३० पुस । जन्मान्तरका लागि महिलाहरुले गर्भनिरोधक सुई प्रयोग गरेको त हामीले सुनेकै छौं । तर, पुरुषहरुका लागि अहिलेसम्म गर्भनिरोधका लागि अस्थायी साधन बाहेक केहि थिएन । जसका कारण जन्मान्तरका लागि महिलाहरुले नै बढी वोझ बोक्दै आएका थिए । तर, अब त्यो समय रहेन ।

sui

अब महिलाहरुको लागि मात्र होइन पुरुषका लागि समेत गर्भनिरोधक सुई बनिएको छ । अब पुरुषहरुले समेत गर्भनिरोधक सुई लगाएर जन्मान्तर गराउन सक्ने भएका छन् । त्यो पनि एक वर्ष होइन १३ वर्षसम्म ।

भारतीय वैज्ञानिकले पुरुषहरुका लागि एक गर्भनिरोधक सुई विकास गरेका छन् । मुख्य कुरा यो सुई एक पटक लगाएपछि १३ वर्षसम्म तनावमुक्त हुन सकिने भएको छ । भारतीय काउन्सिल अफ मेडिकल रिसर्चले यसको सम्बन्धनका लागि स्वास्थ्य मन्त्रालयलाई रिपोर्ट पेस गरिसकेको छ । अब चाँडै नै यो सुई प्रयोगका लागि ‘हरियो झण्डा’ मिल्ने भएको छ ।

अब पुरुषहरुका लागि एक सुईले नै गर्भनिरोधको काम गर्नेछ । यसको पूर्व प्रयोग समेत भइसकेको जनाइएको छ । स्वास्थ विभागले एक अपील गर्दै यसलाई गलत रुपमा र बदला लिने उद्देश्यले दुरुपयोग हुन नदिन शुरुवातीदेखि सचेतता अपनाएको छ । आइसीएमआरका वैज्ञानिक डा. आर एस शर्माले प्रभावकारी रुपमा काम गर्नेछ ।

कसरी काम गर्छ सुईले ?

डाक्टर शर्माले शल्यक्रियामा जुन दुई जिन नसा काटेर उपचार गरिन्छ यो उपचारमा पनि उही दुई नशामा सुई दिइन्छ । जसमा औषधिको मात्रा ७० एमएल हुन्छ । उनले सुई लगाएपछि नेगेटिभ चार्ज हुने र यसले गर्भ रोक्ने हुन्छ । यो सुई शुरुमा जनावरमा परीक्षण गरिएको र पछि मानिसमा पनि परीक्षण गरी सफलता हात मिलेको बताएका छन् ।

garva nirodh jence

फेरि सन्तान जन्माउन चाहे के हुन्छ ?
डाक्टर शर्माले आफूहरुको रिपोर्ट स्वास्थ्य मन्त्रालय और ड्रग्स कन्ट्रोलर आफू इण्डियालाई बुझाई सकेको बताएका छन् । उनले अब एक कदम अगाडि बढेर थप अर्को काम गर्ने तयारी रहेको समेत बताएका छन् ।

उनले यो सुई लगाएपछि फेरि कसैले सन्तान उत्पादनको चाहना राखे र विर्य सन्तान उत्पादनका लागि योग्य बनाउन सकिन्छ कि सकिंदैन भन्ने विषयमा खोज अनुसन्धान अगाडि बढिसकेको बताएका छन् । नेपाली अनुवाद ः नव भारत टाइम्सबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७