मन्त्रीबाट कुटिएका सचिव झा अस्पताल भर्ना


३० पुष २०७५, सोमबार
jha

जनकपुर, ३० पुस । मन्त्रीबाट कार्यकक्षमै कुटिएका सचिव विद्यानाथ झा अस्पताल भर्ना भएका छन् । गाला, नाक र घाँटीसहित शरीरका विभिन्न भागमा चोट देखिएका सचिव झा रातिदेखि नै जनकपुरको केयर नर्सिंङ होममा भर्ना भएका हुन् ।

jha

मन्त्रीको झापड र लात प्रहारबाट मुख र दाँतको मस्कुर सुन्निएको र दाँया हातको कुनै हाड भँचिएको जस्तो पीडा भएकाले रातिदेखि नै अस्पताल भर्ना भएको सचिव झाले जनाएका छन् ।

चोट रहेकाले रातिदेखि स्लाइन जारी रहेको र हातको एक्सरे गरिएको झाले बताएका छन् । मन्त्रीबाट शरीरको विभिन्न भागमा लात र हातले प्रहार भएकाले शरीरको विभिन्न भागमा पछि समस्या देखिएको सचिव झाको दुखेसो छ ।

आफूले भनेको एनजिओमा कार्यक्रम नपर्दा उद्योग, पयर्टन, वन तथा वातावरण मन्त्रालयका सचिव झालाई मन्त्री यादवले आफ्नो कार्यकक्षमै बोलाएर प्रदेश २ का सभामुख सरोज यादवकै सामुन्ने कुटपिट गरेका थिए । मन्त्री यादवले भने आफूले कुटपिट नगरेको अस्वीकार गर्दै आएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७