झुक्याएर कराेडाैंका सामान छिराउँदा पनि चाल पाउँदैनन् त्रिवि भन्सार कर्मचारी


३० पुष २०७५, सोमबार
TIA custom 1.jpg

काठमाडौं, ३० पुस । त्रिभुवन विमानस्थल भन्सार कार्यालयको लापर्वाहीका कारण झण्डै लाखौंको राजश्व गुमेको छ ।

TIA custom 1.jpg

युएनइपी इन्टरनेशनल प्रालि काठमाडौंले हङ्कङबाट ल्याएको करोडौंका विद्युतीय सामानको परिमाण झुक्याएर भन्सार छल्न खोजेको हो । युएनइपीले हङ्कङबाट ल्याएको कम्प्युटर र मोवाइलका पार्टस् सामग्रीमा भन्सार छल्न गरेको प्रयास अन्त्यमा विफल भएको छ । युएनइपीले भन्सार कार्यालयमा ५४ पोका सामानको विवरण पेश गरेर सोही कागजातमा २९ पोका विद्युतीय सामान विना भन्सार छिराउने प्रयास गरेको हो ।

भन्सार फाराम भरिसकेको अवस्थामा थप सामान फेला परेको विमानस्थल भन्सार कार्यालयले जानकारी दिएको छ । युएनइपीका प्रोपाइटर रविन्द्र थपलियाले कम परिणामको सामान देखाएर बढी सामान भन्सार पास गराउन खोजेको खुलेपछि पुनः जाँच गरी जरिवाना तिराइएको छ ।

थपलियाले ५४ पोकाको दुई लाख ४८ हजार ६४० हजार रुपैंयाँ भन्सार तिरेर सोही ५४ पोकाको कागजातमा थप २९ पोका सामान छिराउन खोजेको भन्सार कार्यालय स्रोतले जानकारी दिएको छ । ४७७ नम्बरका भन्सार एजेन्ट दिलिप श्रेष्ठको लाइसेन्समा उक्त सामान भन्सार बाहिर गर्न लागिएको स्रोतले जानकारी दिएको छ ।

उक्त सामानलाई भन्सारका जाँचकी राजकुमार मगरले जाँचेको जनाइएको छ । तर, जाँच गरिसकिएको सामानको परिमाण बढी भेटिएपछि पुन गोदाम फिर्ता गरेर जाँच गरिएको भन्सार कार्यालयका प्रवक्ता चुँडाराज सापकोटा बताउँछन् ।

हिजो (आइतबार) दिउँसो २ बजे भन्सार जाँचका क्रममा युएनइपीका प्रोपाइटर रविन्द्र थपलियाले घोषणा गरेको सामानको परिणाम फरक परेपछि पुनः जाँच गरी दुई सय प्रतिशत जरिवाना गरिएको सापकोटाले बताएका छन् । कसैले भन्सार कार्यालयमा भित्रिएको सामानको परिमाण थोरै देखाउँदा समेत भन्सारका कर्मचारीले सामान लैजाने बेलामा मात्र चाल पाउनु भन्सार कर्मचारीको कमजोरी भएको समाचार स्रोत बताउँछ ।

युएनइपीका प्रोपाइटर थपलियाले जानीजानी सामानको परिमाण थोरै देखाउनु गलत नियत रहेको बताउँदै समाचार स्रोत भन्छन्, ‘कसैलाई त्यहि कसुर गर्दा सामान बरामद गर्ने अनि कसैलाई जरिवाना तिराएर छोड्ने भन्सार कर्मचारीको कार्यशैली ठिक होइन् ।

समाचार स्रोत भन्छ, ‘नियतबस् नै भन्सारका त्यत्रा कर्मचारीको आँखामा छारो हाल्न खोज्नेलाई जरिवाना गर्‍यौ भनेर भन्सारले छोड्न मिल्दैन, उसलाई भन्सार छली गरेको अभियोगमा कानूनी कार्वाही अगाडि बढाउनु पर्छ । यसमा भन्सार कर्मचारीको पनि शंकास्पद भूमिका देखियो ।’

यता भन्सार कार्यालयका प्रवक्ता चुँडाराज सापकोटा भन्सारमा सामानको फारम भर्ने काम सम्बन्धित व्यक्तिले गर्ने र घोषणा पनि उसैले गर्ने प्रक्रिया भएकाले सामान थोरै देखाएर बढी सामान लैजान खोजेकैले जरिवाना गर्नुपरेको बताउँछन् ।

उनी भन्छन्, ‘पहिला यति सामान छ भनेर सम्बन्धित व्यक्तिले नै भन्ने हो, तर, हामीले जाँच गर्ला बढी सामान पाएपछि कार्वाही स्वरुप जरिवाना गराएका हौं । उनले उक्त सामान आज (सोमबार) सम्बन्धित व्यक्तिले बुझ्ने समेत बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७