शेयर बजार दोहोरो अङ्कले बढ्यो


३० पुष २०७५, सोमबार
stock nepse market Nepal

काठमाडौँ, ३० पुस । धितोपत्र बजारमा आज शेयरको मूल्यमा दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ११ दशमलव ७४ विन्दुले बढेर एक हजार १८६ दशमलव ८० विन्दुमा पुगेको छ ।

यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ०८ विन्दुले बढेर २५० दशमलव ४९ विन्दुमा पुगेको छ । स्टकका अनुसार आज कूल १५८ कम्पनीको आठ लाख पाँच हजार ६०१ कित्ता शेयर रु २६ करोड ८१ लाख २४ हजार ६४४ मूल्यमा खरिद बिक्री भएका छन् ।

कारोवार भएका कूल नौ उपसमूह मध्ये आज बैंकिङ उपसमूहको मात्रै शेयर घटेको छ । सो उपसमूह एक दशमलव ०९ विन्दुले घटेको छ । यस्तै होटल १८ दशमलव ८४, विकास बैंक चार दशमलव ५६, जलविद्युत् १७७ दशमलव ०७, वित्त छ दशमलव ९६, निर्जीवन बीमा १९ दशमलव २४, अन्य १९ दशमलव ९१, लघुवित्त १५ दशमलव ०७ र जीवन बीमा तीन दशमलव १८ विन्दुले बढेको छ ।

बढेको बजारमा नागरिक लगानी कोष, जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था, सिटी एक्सप्रेस फाइनान्स कम्पनी, गुर्खाज फाइनान्स, बोमी माइक्रोफाइनान्स वित्तीय संस्था, लक्ष्मी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले बढी कमाएका छन् । यस्तै बैंक अफ काठमाडौँ, अरुण कावेली पावर, अपि पावर कम्पनी, एक्सेल डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमेन्ट बैंक, हाथवे फाइनान्स कम्पनी, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकका शेयरधनीले आज बढी गुमाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७