आइसीसी टेस्ट वरियता : भारत शीर्षस्थानमा, अफ्रिका दोस्रो


१ माघ २०७५, मंगलवार
prv 1547462836 5JN8F7Oy9e

काठमाडौं, १ माघ । आइसीसी टेस्ट वरीयतामा भारत शीर्षस्थानमा यथावत रहेको छ । उसले ११६ अंक बनाउँदै शीर्ष स्थानमा यथावत रहेको हो । यस्तै पाकिस्तानविरुद्धको सिरिज क्लीनस्वीप गरेको दक्षिण अफ्रिका दोस्रो स्थानमा आएको छ । अफ्रिकाको ११० अंक रहेको छ ।

prv 1547462836 5JN8F7Oy9e

पाकिस्तानविरुद्धको सिरिज क्लीनस्वीप गरेपछि ४ अंक जोडेको अफ्रिकाले इंग्ल्याण्ड र न्यूजिल्याण्डलाई पछि पारेको हो । इंग्ल्याण्डको १०८ र न्यूजिल्याण्डको १०७ अंक रहेको छ । गएको साता अष्ट्रेलियाविरुद्धको सिरिज २–१ ले जितेपछि भारतको अंक ११६ पुगेको हो ।

अफ्रिकासँग सिरिज पराजित भएपछि पाकिस्तान भने एक स्थान तल झर्दै सातौं नम्बरमा पुगेको छ । पाकिस्तानले टेस्ट सिरिज शुरु गर्दा ९२ अंक रहेको थियो । पराजय भएपछि ८८ अंकमा झरेको हो ।

वरियतामा भारत शीर्ष स्थानमा रहँदा दक्षिण अफ्रिका दोस्रो, इंग्ल्याण्ड तेस्रो र न्यूजिल्याण्ड चौथो स्थानमा छ । पाँचौ स्थानमा अष्ट्रेलिया हुँदा छैटौं स्थानमा श्रीलंका रहेको छ ।

सातौं स्थानमा पाकिस्तान रहँदा वेस्टइन्डिज आठौं, बंगलादेश नवौ र जिम्बावे दशौं स्थानमा छ ।
२३ जनवरीदेखि सुरुहुने इंग्ल्याण्ड र वेस्ट इन्डिजबीचको सिरिजमा इंग्ल्याण्डले सफलता हात पारे दक्षिण अफ्रिकालाई अर्को वरियता सार्वजनिक गर्दा पछि पार्ने छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७