चेक बैंकमा बाउन्स भएपछि एक पक्राउ


१ माघ २०७५, मंगलवार
pakrau

गौशाला, १ माघ । महोत्तरी प्रहरीले आज बैंकिङ कसुर मुद्दामा एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्लाको मनरासिस्वा नगरपालिका–१० बस्ने सत्येन्द्र यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताए ।

पक्राउ परेका यादवले जिल्लाकै एकडारा गाउँपालिका–४ हलखोरी बस्ने सविता यादवसँग रु तीन लाख ठगी गरी उनलाई गलत चेक दिएर बैंकमा पठाएको र उनको चेक बैंकमा बाउन्स भएपछि बैंकिङ कसुरमा पक्राउ गरिएको हो ।

पीडितले प्रहरीमा आफू ठगिएको जानकारी गराएपछि आजै प्रहरी टोलीले यादवलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७