माछापुच्छ्रे बैंक, टाइम्स रेमिट र एएमभी टेल कम्पनीबीच त्रिपक्षीय सम्झौता


१ माघ २०७५, मंगलवार
1547552440mbl

काठमाडौं, माघ १ । माछापुच्छ्रे बैंक, टाइम्स रेमीट र एएमभी टेल कम्पनी बीच रेमिटएप मोबाइल वालेट सेवा सम्बन्धी सम्झौता भएको छ।

1547552440mbl

सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा, रेमीटका तर्फबाट प्रबन्ध निर्देशक अनिल स्थापित र र टेलका तर्फबाट प्रवन्ध निर्देशक अनिल शर्माले हस्ताक्षर गरे।

सम्झौता अनुसार माछापुच्छ्रे बैंकका ग्राहक तथा सर्वसाधारण जोकोहीले रेमिट एप वालेट प्रयोग गरी विदेशबाट आफ्ना आफन्तहरुलाई रेमिट्यान्स पठाउन सक्नेछन्। साथै डोमेस्टिक रेमिट्यान्स र बिल भुक्तानीको सुविधा पनि उपभोग गर्न पाउनेछन्।

बिल भुक्तानीका अलावा ग्राहकहरुले आफ्नो बैंक खाताबाट वालेटमा तथा वालेटबाट बैंक खातामा आफुले चाहेको रकम समेत स्थानान्तरण गर्न सक्नेछन्। यस रेमिटएप आईओएस तथा एन्ड्रोएड दुबै अपरेटीङ सिस्टम प्रयोगकर्ताको लागि उपलव्ध हुने बताइएको छ।

बैंकका देशभर ९० वटा शाखाहरु, २ एक्सटेन्सन काउण्टर, १११ एटिएम, ५२ शाखा रहित बैकिङ्ग सेवा संचालनमा छन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७