दयाहाङ्गले यसरी नचाए दियालाई


१० आश्विन २०७४, मंगलवार
daya and diya happy days

काठमाडौं : चलचित्र ‘ह्याप्पी डेज’को पहिलो गीत सार्वजनिक गरेको छ । ह्याप्पी डेजमा समावेश गरेका ‘चप्टे चेप्टे पेरोङ्गो’ बोल गीतको भिडियोमा अभिनेता दयाहाङ राई र दिया पुनले कम्मर मर्काएका छन् । उक्त गीत राजनराज सिवाकोटी र अन्जु पन्तको रहेको छ । भने राजनराजकै शब्द र सङ्गीत पनि रहेको छ ।

daya and diya happy days

लन्डन सिने आर्इ र चाम्स इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको फिल्म ह्याप्पी डेज प्रदर्शन मिति माघ १२ गते तोकिएको छ । निर्देशक चाम्सद्वार यो तेस्रो निर्देशित फिल्म हो । उनले यो भन्दा अगाडी खुर्पा र बीरबिक्रम निर्देशन गरि सकेका छन्। चामसलाई बीरबिक्रमले भने निर्देशकको रूपमा स्थापित गरेको हो । उनले त्यो भन्दा अगाडी खुर्पा निर्देशन गरे तापनि आशा गरे जत्तिको व्यपार गरेको थिएन । चामसको ह्याप्पी डेज भने तेस्रो परीक्षाको रूपमा रहेको छ ।
फिल्म ह्याप्पी डेजमा दयाहाङ राई र प्रियंका कार्की मुख्य भूमिका देखिने छ ।

फिल्ममा सञ्जय गुप्ता, विक्की जोशी लगायत कालाकारले अभिनय गरेका छन् ।

भिडियो हेर्नुहोस्

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७