भैंसीलाई पानी खुवाउन गएकी बालिका गोठमै बलात्कृत


२ माघ २०७५, बुधबार

बाजुरा, २ माघ । भैंसीलाई पानी खुवाउन गएकी बाजुराकी एक १२ वर्षीया बालिका गोठमै बलात्कृत भएकी छन् ।

Rape

बाजुराको बूढीगङ्गा नगरपालिका–८ नुवाकोटका ४७ वर्षीय दलबहादुर थापा बालिका बलात्कार अभियोगमा पक्राउ परेका छन् । थापाले स्थानीय १२ वर्षीया बालिकालाई गोठमा भैंसीलाई पानी खुवाउन गएका बेलामा बलात्कार गरेका प्रहरीले जनाएको छ ।

बालिकाकी आमाले दिएको उजुरीको आधारा प्रहरीले थापालाई पक्राउ गरेको हो । थापालाई हिरासतमा राखी अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७