कोइराला परिवारको भित्री कुरा


२ माघ २०७५, बुधबार
koirala pariwar 3

काठमाडौं, २ माघ । ‘सुजाता र सशांकले साथ दिएको देखिएन । रामचन्द्र र शेरबहादुरले पनि सभापतिमा उठोस् भन्ने चाहेका छैनन् । सशांकले कुन पदमा उठ्ने भनेर शेरबहादुरसँग बार्गेनिङ गरे जस्तो छ । यस्तो स्थितिमा तपाईं उठ्छु, जित्छु भन्दै हुनुहुन्छ । कुरा अलिक मिल्दो भएन । कम्तिमा सशांकजति त तपाईंसँग हुनुपर्‍यो नि !’

koirala pariwar 3

अघिल्लो शुक्रबार सप्तरीको कञ्चनपुरस्थित पुराना नेता हेमराज तातेडको घरमा पुगेका शेखर कोइरालालाई कार्यकर्ताहरुले यिनै प्रश्न सोधेर दिक्क लगाएपछि उनले मुख खोले, ‘कोही उठ्यो, उठेन, कसैले साथ दियो, दिएन भनेर हेर्दिनँ । तर, आउँदो महाधिवेशनमा म नेपाली कांग्रेसको सभापतिको उम्मेदवार हुँ ।’

त्यसो त, यसअघि केन्द्रीय सदस्यमा उठ्दा सबभन्दा बढी मत ल्याउने उनै थिए । दोस्रो बढी मत खुमबहादुर खड्का र त्यसपछि विश्वप्रकाश शर्माहरुले ल्याए । शेखरको विश्लेषण थियो, ‘रामचन्द्रले शेरबहादुरलाई सक्दैनन् । तर, रामचन्द्र जसरी शेरबहादुरले आफूलाई माइनस गरेका थिए, त्यसको बदला लिन चाहन्छन् । अहिलेसम्म उनले आफूलाई सेन्टरमा राखेर हेरिरहेका छन् । तर, रामचन्द्रबाट पार लाग्ने अवस्था छैन ।’

एक जना फोरमवालाले सोधे, सशांकको कुरा के हो त ? शेखरले भने, ‘तिमीले उसलाई नचिनेको हो र ? सशांक शेरबहादुरको बुई चढेर पार्टीको पोजिसनमा बसिरहने सोचाईमा छ । तर, त्यहाँबाट एक दिन फर्किन्छ ।’ उता, सुजातालाई क्यान्सरका कारण डाक्टरले घरबाट एक रात पनि कतै नजानु भनेका छन् ।

केही समयअघि कोइरालाका सन्तान एक ठाउँमा देखाउन उनले खानपिन आयोजना गरेको प्रचार भए पनि रोगले च्याप्दै जाँदा निकटस्थसँग बसेर खाने इच्छा मात्र राखेकी थिइन् । त्यसमा पनि राजनीति भयो, कोइरालाका सन्तानको नाममा । शेखरको मान्यता छ, ‘कांग्रेसले सरकारको गलत काम प्रतिपक्षीको रुपमा हाइलाइट्स गर्ने मात्रै हो, हामी सरकार फेर्न सक्दैनौँ ।’

उनले केही दिनअघि प्रचण्डसँग भेटेको पनि सुनाए । भने, ‘जति नै गलत काम ओलीले गरे पनि प्रचण्डले साथ दिने भएका छन् । जसले गर्दा ओलीको टाउकोमा अपजसको पोको ठूलो हुँदै जाओस् । कुनै डिफेन्सिभ काम गर्ने उनको चाहना छैन ।’ जनआस्था साप्ताहिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७