सम्पदा पुनर्निर्माण अवलोकन गर्दै प्रधानमन्त्री ओली (फोटोफिचर)


२ माघ २०७५, बुधबार
1 7

काठमाडौं, २ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज पाटन दरबार क्षेत्रको अवलोकन भ्रमण गरी त्यस क्षेत्रको सम्पदाको पुनर्निर्माणको अवस्थाका बारेमा जानकारी लिएका छन् ।

1 6

२१ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनको आग्रहमा विसं २०७२ को भूकम्पले क्षतिग्रस्त बनाएका स्मारकको पुनर्निर्माणको प्रगतिको अवलोकन गर्न प्रधानमन्त्री ओलीले यस स्थानको भ्रमण गरेका हुन् ।

सो अवसरमा प्रधानमन्त्री ओलीले ललितपुरमा रहेका स्मारकको पुनर्निर्माण सन्तोषजनक रुपमा अघि बढेको बताए । पुनर्निर्माण चाँडो सम्पन्न गर्नका लागि सबै दत्तचित्त भएर लाग्नुपर्नेमा उनको जोड छ ।

सरकारले धार्मिक र सांस्कृतिक क्षेत्रको पुनर्निर्माणलाई प्राथमिकता दिइरहेको बताउँदै काठमाडौँ उपत्यकाका अघि बढ्न नसकेका स्मारकको पुनर्निर्माण चाँडो शुरु गर्ने उनले प्रतिबद्धता जनाए । उनले भने, ‘पुनर्निर्माणलाई गति दिनका लागि जनप्रतिनिधि, स्थानीय तह, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र जनता सबैको भूमिका छ ।’

विश्वसम्पदा सूचीमा सूचीकृत यस क्षेत्रमा रहेका स्मारक र पुनर्निर्माणको अवस्थाका बारेमा नगर प्रमुख महर्जनले प्रधानमन्त्री ओलीलाई जानकारी दिए । गृहमन्त्री अध्यक्ष हुने ‘२१ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मूल समारोह समिति’ को व्यवस्थापन उपसमितिको संयोजक ललितपुर महानगरपालिकाका प्रमुख महर्जन रहेका छन् । सरकारले वर्षेनी माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रुपमा सचेतनामूलक कार्यक्रम गरेर मनाउँदै आएको छ ।

2 6
3 4
4 4
5 3
6 3
7 2
8 3
10 1
11
12
13

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७