विघटनबाट बच्यो नेविसंघ, माघ १० गतेसम्म थपियो म्याद


२ माघ २०७५, बुधबार
Nebisangh

काठमाडौं, २ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) लाई विघटन हुनबाट बचाइएको छ ।

Nebisangh

वर्तमान कार्यसमितिलाई माघ १० गतेसम्मका लागि यथावत राखिने भएको छ । विधानतह आज (बुधबार) रातिबाट केन्द्रीय कार्यसमिति स्वतः विघटन हुने भए पनि कांग्रेसले नैनसिंह महर नेतृत्वको केन्द्रीय कार्यसमितिलाई माघ १० गतेसम्मका लागि यथावत राख्ने भएको हो ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको आगामी केन्द्रीय कार्यसमितिको बैठकले निर्णय गरे बमोजिम हुने गरी हालका लागि नेविसंघको केन्द्रीय कार्यसमितिलाई यथावत राखिएको जानकारी दिएका छन् । ‘नेविसंघ अर्को निर्णय नहुँदासम्म नेतृत्वविहीन हुन मिल्दैन ।

नेविसंघ अर्को टुंगो नहुँदासम्म केन्द्रीय कार्यसमितिबिहीन पनि हुन मिल्दैन,’’ उनले बुधबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘‘त्यसकारण हामीले माघ १० गते बस्ने पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले निर्णय गरेबमोजिम हुने गरी नेविसंघको केन्द्रीय कार्यसमितिलाई यथावत राख्ने निष्कर्ष निकालेका छौं ।’’

गत भदौ २ गते २ वर्षिय कार्यकाल समाप्त भएपछि विधानतह नेविसंघको कार्यकाल ३ महनिा थप भएको थियो । उक्त समयावधिमा पनि महाधिवशेन सम्पन्न गर्न नसकेपछि गत मंसिर २ गते कांग्रेसले विधान परिमार्जन गरेर नेविसंघको म्याद माघ २ गतेसम्मका लागि थप गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७