डिसहोमले आईपीओ जारी गर्दै


२ माघ २०७५, बुधबार
DishHome AGM ygYGv2inj4

काठमाडौं, माघ २ । नेपालको पे टीभी इन्डस्ट्रीमा नेतृत्वदायी भुमिका निर्वाह गरिरहेको डिश मिडिया नेटवर्कले आगामी आर्थिक बर्षमा आईपीओ जारी गर्ने भएको छ ।

डिशहोमको ९ औं बार्षिक साधारण सभाले उक्त निर्णय गरेको हो । कम्पनिले आफ्नो कुल जारी पुँजीको न्यूनतम १० प्रतिशत सेयर सर्वसाधारणको लागि जारी गर्ने भएको छ ।

साधारण सभाले यस अघिकै संचालक समितिलाई आगामी चार बर्षका लागि निरन्तरता दिने निर्णय पनि गरेको छ । संचालक समितिको अध्यक्षमा हेमराज ढकाल चयन भएका छन् ।

नेपालमा रहेका ग्राहकहरु माझ गुणस्तरीय सेवा प्रदान गर्दै आएको डिशहोम सर्वसाधारणका लागि सेयर जारि गर्ने पहिलो पे टीभी कम्पनि हुने भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७