सिटी एक्सप्रेसको मानबहादुरलाई १२ लाखको बम्पर उपहार


२ माघ २०७५, बुधबार
1547640262city

काठमाडौं, माघ २ । सिटी एक्सप्रेसले ल्याएको ‘लखपति एक्सप्रेस’ योजनाको बम्पर उपहार मानबहादुर खत्रीले पाएका छन्।

सिटी एक्सप्रेस मनी ट्रान्सफर जापानबाट पैसा पठाएका उनको नाम लक्की ड्रमार्फत छनौट भएको हो। उनले बम्पर उपहारस्वरुप नगद १२ लाख रुपैयाँ पाउने छन्।

सिटी एक्सप्रेसका प्रबन्ध निर्देशक चन्द्र टण्डन र ब्रान्ड एम्बेसडर सिताराम कट्टेल ९धुर्मुस० द्वारा सिस्ट्ममा आधारित लक्कीड्र मार्फत विजेता घोषणा गरिएको हो।

हालसम्म दैनिक उपहार योजना अन्तर्गत १ हजार ८० जनाले २ सयको मोबाइल टप अप, साप्ताहिक रुपमा ३६ जना विजेताले १० हजार नगद र ३ जनाले १ लाख नगद प्राप्त गरिसकेको कम्पनीले जनाएको छ।

ती सबै उपहारहरु विद्युतीय लक्कीड्र मार्फत विजेता छनौट गरिएको थियो। सिटी एक्सप्रेसले १२ औं बार्षिकोत्सवको उपलक्ष्यका साथै दसै, तिहार र छठलाई लक्षित गर्दै उपहार योजना ल्याएको थियो।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७