गोंगबुमा ग्यास सिलिन्डर विष्फोट, एक जनाको मृत्यु, ४ गम्भीर घाइते


२ माघ २०७५, बुधबार
gass blast

काठमाडौं, २ माघ । काठमाडौंका गोंगबुस्थित पिस ग्लास हाउसमा सिलिन्डर ग्यास विष्फोट भएको छ । बुधबार विहान बिष्फोट हुँदा एक जनाको मृत्यु भएको छ । भने ४ जना गम्भीर घाइते भएको हो ।

मृत्यु हुनेमा नुवाकोटको बेलकोटका काजी तामाङ छन् । विष्फोट भएपछि गम्भीर घाइते भएका उनीसहित ५ जनालाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको थियो । त्यहाँ उपचारका क्रममा तामाङको मृत्यु भएको हो ।

घटनामा गम्भीर घाइते हुनेहरुमा कैलाश श्रेष्ठ, राजु बिसी, रेशम तामाङ र अनिल पोखरेल छन् । उनीहरुको अवस्था गम्भीर छ ।

घटनास्थलमा रहेका अधिकारीहरुका अनुसार त्यहाँ बर्नर विग्रिएको एक सिलिन्डरको मर्मत गर्ने क्रममा एक्कासि आगलागी भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७