एक अनौठो बिहे, विवाहमा आउनेले गणितको परीक्षा पास गर्नुपर्ने


३ माघ २०७५, बिहीबार
mathematics

काठमाडौं, ३ माघ (एजेन्सी) । दुनियाँमा अनौठा अनौठो घटनाहरु भइरहेको हुन्छ । यस्तै एकजना बेहुलीले अनौठो योजनाको खुलासा गरेकी छिन् । उनले आफ्नो बिहेमा आउने मानिसहरुलाई गणितको परीक्षा दिन बाध्य पार्दै्छिन् ।

उनका अनुसार उनको बिहेमा आउने हरेक पाहुनालाई समारोहस्थलमा गणितको परीक्षा लिइनेछ । उक्त परीक्षा पास गर्नेले मात्र समारोहस्थलमा बस्ने कुर्सी पाउनेछन् । फेल भएमा उभिएरै रहनुपर्नेछ । ती महिलाले सोसल मिडियामार्फत उनको त्यो अनौठो योजनाको खुलासा गरेकी छन् ।

बेलायतकी ती युवती मात्र होइन, उनका हुनेवाला लोग्ने पनि गणितविज्ञ हुन् । आफू र हुनेवाला पतिसमेत गणितज्ञ भएको हुँदा आफ्नो बिहेलाई पनि गणितमय बनाउने उनको चाहना हो । त्यसैले उनले त्यो रोमाञ्चक योजना तय गरेकी छन् ।

तर उनले सोसल साइट रेडिटमा शेयर गरेको उक्त योजना धेरैलाई चित्त बुझेन । धेरैले यदि त्यस्तो शर्त तेर्साइएमा आफू बिहेको रिसेप्सनमा नआउने बताएका छन् । पाहुनाहरुलाई अनावश्यक तनाव दिएको उनीहरुको तर्क छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७