चालकले ‘बन्द’ छल्न खोज्दा कालीगण्डकीमै जीवनबाटै विदा भए सात सर्वसाधरण (तस्विरसहित)


३ माघ २०७५, बिहीबार
cover

पर्वत, माघ । बेनीस्थि बस काउण्टरबाट टिकट काटेर बस हँसमुख मुद्रामा बस चढेका पर्वत जलजला गाउँपालिका–८ का टीके परियार र सेतीमाया दम्पतिलाई के थाहा कालीगण्डकी कट्न पाइदैन भनेर ।

cover

म्याग्दी पाखापानी–१ का २१ वर्षीय राजेश पुनलाई पनि बेनी बस काउण्टरमा आफ्नो जीवन विदाइकै टिकट काटिरहेको के थाहा ? बेनीबाट नारायणगढ चल्ने ग १ ख ६१०८ नम्बरको बसको टिकट काटेर चढेकामध्ये सात जना कालीगण्डकी कट्नै पाएनन् । उनीहरुले काटेको टिकट जीवन विदाइकै टिकट बन्यो ।

mal5

विहान राम्रोसँग चिया खाजा पनि खान नपाई बस चढेका यात्रु विहान ८.१५ बजे पर्वत कुश्मा नगरपालिका–१ को मालढुङ्गामा सडकबाट ७० मिटर तल कालीगण्डकीको बगरमा खस्दा सात ४ जना तत्कालै जीवनबाट विदा भए भने तीन जनाको उद्धारपछि उपचारकै क्रममा ज्यान गयो । दुर्घटनामा ३४ जना घाइते भएका छन् । दुर्घटना तीब्र गतिकै कारण भएको अनुमान उद्धारमा खटिएका प्रहरीको अनुमान छ ।

mal2

मध्यपहाडी लोकमार्गमा अहिले सडक स्तरोन्नती भइरहेकाले बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म गाडी गुडाउन रोक लगाइएको छ । चालकले १० बजेभित्र नै सडक पार गर्न तीव्र गतिमा गाडी चलाउँदा दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ । २५ सिट क्षमताको बसमा बेनी बस काउण्टरबाट १४ जनाले टिकट काटेर चढेको र बीच बाटोबाट चढेका गरी ४० को हाराहारीमा यात्रु रहेको प्रहरीको प्रारम्भिक अनुमान छ ।

mal1

चालकले सडक ‘बन्द’ छल्न खोज्दा अकल्पनीय रुपमा सात जना सर्वसाधरणले जीवनबाटै विदा लिनु परेको हो । मृत्यु भएका सातमध्ये चार जनाको सनाखत भएको छ ।

Rss Images 1547703749925 SG Baglung 01172019 IMG 3486

दुर्घटनामा परी मृत्यु हुनेमा म्याग्दी पाखापानी–१ बस्ने २१ वर्षीय राजेश पुन, पर्वत जलजला गाउँपालिका–८ बस्ने ४० वर्षीया सेती परियार, उनका पति ५० वर्षीय टिके परियार र बागलुङ नगरपालिका–४ की ४८ वर्षीया शान्ति केसीको सनाखत भएको पर्वत जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । मृत्यु हुने अन्य दुई पुरुष र एक महिला सनाखत हुन बाँकी रहेको छ ।

Rss Images 1547703721172 SG Baglung 01172019 IMG 3466

सो दुर्घटनामा घाइते भएका ३० मध्ये २० लाई पोखराको मणिपाल शिक्षण अस्पताल र दुईलाई हेलिकप्टरमार्फत काठमाडौँस्थित ग्राण्डी अस्पताल पठाइएको पर्वतका प्रहरी नायव उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिएका छन् ।

parbatq
Rss Images 1547704516711 SG Baglung 01172019 IMG 3500 1
हेलिकोप्टरबाट ल्याइएका विरामीलाई ग्राण्डी अस्पतालमा लैजाने तयारी । तस्विर : रासस

अन्य आठ जना घाइतेको बाग्लुङ अञ्चल अस्पतालमा उपचार भइरहेको छ । बसका चालक पनि घाइते रहेको र सहचालक फरार रहेको जनाइएको छ । अहिलेसम्म घाइतेको विवरण आइसकेको छैन । प्रहरीले तीब्र गतिकै कारण दुर्घटना भएको हुनसक्ने अनुमान गर्दै थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, पर्वतले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७