पाँच महिनामा ३ खर्ब ७६ अर्ब रेमिट्यान्स भित्रियो


३ माघ २०७५, बिहीबार
bipreshan

काठमाडौं, माघ ३ । चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा रेमिट्यान्स आप्रवाह ३१.९ प्रतिशतले बढेको छ। यस अवधिमा कुल ३ खर्ब ७६ अर्ब ५९ करोड रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकले जनाएको छ। यो रकम अघिल्लो वर्षको यसै अवधिको तुलनामा ३१. ९ प्रतिशत बढी हो।

bipreshan

अघिल्लो वर्ष पाँच महिनाको अवधिमा रेमिट्यान्स आप्रवाह ०.८ प्रतिशतले घटेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह १९.२ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ।

विदेसिनेको संख्यामा उल्लेख्य कमी आउँदा पनि रेमिट्यान्स बढ्नुमा औपचारिक माध्यमबाट पैसा भित्रिनु प्रमुख कारण रहेको राष्ट्र बैंकले जनाएको छ।

भारत, जापान, कोरिया जस्ता देशहरुमा रेमिट्यान्स कम्पनीहरु बढ्दै जानुले औपचारिक माध्यतिर रेमिट्यान्स सरेको राष्ट्र बैंकको भनाइ छ।
साथै अमेरिकी डलरसँगै नेपालीहरुको प्रमुख गन्तव्य साउदी अरब, कतार, दुबई तथा मलेसियाको मुद्रा महँगिदा पनि रेमिट्यान्समा उल्लेख्य वृद्धि देखिएको हो।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७