डा. केसीलाई इलामबाट झापा झारिँदै, नाइटभिजनबाट हेलिकप्टर काठमाडौं ल्याइने


३ माघ २०७५, बिहीबार
Dr Gobinda KC Ilam

इलाम, ३ माघ : आमरण अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर राती नै इलामदेखि झापा हिडाइएको छ ।

राती परीसकेको कारण इलाममा हेलिकोप्टर ल्याण्ड गर्ने अवस्था नभएपछि इलामबाट चन्द्रगढीसम्म एम्बुलेन्समा हिडाइएको हाे ।

झापाको चन्द्रगढी एयरपोर्टबाट सेनाको हेलिकोप्टरमा लैजानका लागि इलामबाट एम्बुलेन्समा चन्द्रगढीसम्म लगिएको छ ।

Dr Gobinda KC Ilam
तस्बिर : सटेन्द्र जगेबु


मुटुको चालमा उतार चढाव आएपछि हाइरिक्स भएकाले रातारात डा. केसीलाई काठमाण्डौं लगिएको उपचारमा संलग्न डाक्टरहरुले बताएका छन् । राती साँढे १० बजे डा. केसीलाई इलाम अस्पतालबाट एम्बुलेन्समा चन्द्रगढी तर्फ लगिएको हो ।

विहीबार काठमाडौंबाट आएका चिकित्सा शिक्षा नीति तर्जुमा गर्न गठित उत्चस्तरीय कार्यदलका संयोजक तथा त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमा, पूर्व प्रधानन्यायाधिश सुशीला कार्की, पूर्व सभामुख दमननाथ ढुङ्गाना र डा. अभिषेकराजसिंहले डा. केसीलाई काठमाडौं लैजानका लागि पहल गरिरहेका छन् । माथेमाको टोलीले डा. केसीलाई काठमाण्डौं जानका लागि अनुरोध गरेका थिए ।

काठमाडौंकाे टिचिङ्ग अस्पतालमा लगिने र डा. केसीको अनशन भने जारी रहने पनि बताइएको छ । स्वास्थ्य मन्त्रालयको पहलमा केसीलाई काठमाण्डौं लगिएको बताइएको छ ।

डा. केसी ९ दिनदेखि इलाममा अनसनरत थिए । केसीको स्वास्थ्यमा विभिन्न ९ वटा समस्या देखिएको थियो। धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट खटिएका विशेषज्ञ डाक्टरहरुको टोलीले गरेको परीक्षणमा उनको स्वास्थ्यमा खतराका संकेतहरुसमेत देखिएको थियो ।

प्रतिष्ठानको अस्पतालका सहनिर्देशक डा विकास साहको टोलीले डा केसीलाई तत्कालै आइसियू र सिसियू भएको अस्पतालमा सार्नुपर्ने बुधबार सुझाव दिएको थियो । परीक्षणका क्रममा डा केसीको शरीरमा अक्सिजनको मात्रा कम हुँदै ८० प्रतिशतमा झरेको, मुटुको चाल अनियन्त्रित भई घटेर ३५ र बढेर २०० सम्म पुग्ने गरेको, शरीरमा ग्लुकोजको मात्र कम हुँदै गएको, अनसनका कारण नियमित खाँदै आएको मुटुको औषधि खान छुटेको, शरीरमा हानिकारक रसायन बढ्दै गएको लगायतका समस्या देखिएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७