डा. केसीलाई काठमाडौं ल्याइयो, शिक्षण अस्पतालको आइसियुमा उपचार हुँदै


४ माघ २०७५, शुक्रबार
Dr Gobinda KC Ilam

काठमाडौं, ४ माघ । इलाममा अनसनरत डा. गोविन्द केसीलाई काठमाडौँ ल्याइएको छ । डा. केसीको स्वास्थ्य स्थिति चिन्ताजनक भएपछि बिहीबार राती नै काठमाडौं ल्याइएको हो ।

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट साँझ आइपुगेको टोलीले केसीको स्वास्थ्य परिक्षण गरि अवस्था चिन्ता जनक भएको र अन्यत्र जान सुझाव दिएपछि रातीनै डा. केसीलाई काठमाडौं ल्याइयो ।

केसीलाई राति नै महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको छ । उनको अस्पतालको आइसियु कक्षमा उनको उपचार भइरहेको छ । थप उपचार पछि उनले आराम महसुस गरेको उपचारमा संलग्न डाक्टरहरुले बताएका छन् ।

अहिले आइसियु कक्षको सबै बत्ति निभाएपछि डाक्टर केसी निदाएका छन् । डाक्टर केसी निदाएकाले कसैलाई पनि भेटघाट गर्न दिइएको छैन ।

डा. केसी चिकित्सा शिक्षा सुधारको माग गर्दै गत पुस २५ देखि इलाममा १६ औं अनसनमा बस्दै आएका थिए । अनसनमा रहदा स्वास्थ्य जटिल बन्दै गएपछि डा. केसीलाई गत सोमबार इलाम अस्पतालमा भर्ना गरिएको थियो ।

डा. केसीलाई भेट्न र उहाँका माग प्रति ऐकेबद्धता जनाउन चिकित्सा शिक्षा सम्बन्धी राष्ट्रिय नीति तर्जुमा गर्न गठित उच्चस्तरीय कार्यदलका संयोजक केदारभक्त माथेमा, पूर्व प्रधान न्यायधिश शुशिला कार्की र पूर्व सभामुख दमननाथ ढुंगाना बिहीबार साँझ इलाम आएका थिए ।

यो पनि पढ्नुहोस्
चिकित्सा शिक्षा विधेयक र डा.केसीका माग : भ्रम र यथार्थ

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७