कांग्रेस नेता रेग्मीको निधन


४ माघ २०७५, शुक्रबार
death 1

काठमाडौं, ४ माघ । नेपाली कांग्रेसका पुराना, त्यागी नेता केशव रेग्मीको निधन भएको छ ।
कांग्रेस कास्कीका पूर्व सचिव समेत रहेका उनकोे बिहीबार राति आफ्नै निवास गोंगबुमा निधन भएको हो ।

death 1

लामो समयदेखि श्वासप्रश्वास रोगबाट ग्रसित रेग्मीलाई ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल उपचार पछि केही दिन अगाडि मात्र आफ्नै निवासमा ल्याइएको थियो ।

पशुपति आर्यघाटमा आज बिहानै उनको अन्त्येष्टि गरिएको छ । यसअघि उनको पार्थिव शरीरमा कांग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल तथा महामन्त्री डा. शशांक कोइरालाले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए ।

विसं २०२३ सालमा गण्डकी छात्र समितिको सदस्य रहेका उनले नेपाल विद्यार्थी संघको स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । स्व. रेग्मीले मुलुकमा प्रजातन्त्र स्थापनाका लागि पटक पटक गरी पाँच वर्ष जेलजीवन बिताएका थिए । स्व. रेग्मीका दुई श्रीमती छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७