डिएसपीले नै जुवा खेलाउन आदेश दिएपछि…


४ माघ २०७५, शुक्रबार

बझाङ, ४ माघ । गलत गतिविधि गर्नेलाई कार्वाही गर्नुपर्ने डिएसपीले नै जुवा खेलाउन निर्देशन दिएको भन्दै अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीले त्यस कार्यको विरोध गरेका छन् ।

nepal police WW1clRuZ8f

वझाङका डिएसपी प्रविण धतालले डिएसपीलाई कावाहीको माग गर्दै यी दुई संगठनले बझाङका प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापनपत्र बुझाएका छन् । डिएसपी प्रविण धितालले जुवा खेलाउन निर्देशन दिएको अडियो सामाजिक सञ्ञ्जाल तथा मिडियामा सार्वजनिक भएपछि आवश्यक छानविन गरी कार्वाहीको माग गर्दै दुई विद्यार्थी संगठनले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका हुन् ।

डिएसपी धितालले जिल्लामा हुँदा जुवातास बन्द गरेर चर्चामा आउने तर काठमाडौँ गई कमिसन लिएर जुवा खेलाउन अनुमति दिलाउने दोहोरो चरित्र देखाएको अनेरास्ववियुका जिल्ला सचिव प्रविन्द्र धामीले बताएका छन् । यसरी जनताको सेवक प्रहरीको नेतृत्वबाट नै यसरी जुवा खेलाउन दिएको निर्देशनको विद्यार्थी संगठनहरुले घोर आपत्ति रहेको उनको भनाइ छ ।

gyapan 2ilrYGtCPH

अनेरास्ववियुका सचिव प्रविन्द्र धामी र अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष रामचन्द्र रोकायाको संयुक्त हस्ताक्षर सहितको ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारी प्रेम सिंह कुँवरलाई बुझाएको र बोदार्थ गृह मन्त्रालय र प्रधानमन्त्री कार्यालयमा पठाएको छ । जुवा खेलाउन निर्देशन दिएको आरोप लागेका डिएसपी धिताल भने आफूले जुवाडे पक्राउ गर्न बनाएको योजनाको अडियो नै बाहिरिएको बताउँदै आएका छन् ।

संयुक्त विद्यार्थी संगठनको ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी प्रेमसिंह कुँवरले यो बिषयमा आप्नो गम्भीर ध्यान आर्कषण भएको र तत्काल बोदार्थ गृह मन्त्रालय र प्रधानमन्त्री कार्यालयमा पठाउने बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७