खाद्यसंस्थानमा ४७ जनालाई खुल्यो जागिर, माघ २४ सम्म निवेदनको म्याद


४ माघ २०७५, शुक्रबार
Khadya Sansthan National Trading

काठमाडौं, ४ माघ । नेपाल खाद्य संस्थाले प्राविधिक तथा प्रशासनतर्फ बरिष्ठ अधिकृतदेखि सहायक पदसम्मको लागि ४७ जना कर्मचारी माग्दै सूचना जारी गरेको छ ।

Khadya Sansthan National Trading

संस्थानले ७ औं तहको वरिष्ठ अधिकृतमा एक जना, छैठौं तहको अधिकृत तहको लागि ११ जना, ५औं तहको वरिष्ठ सहायकमा ९ जना, ५औं तहको मिल अप्रेटर एक जना, चौथो तहको मिल अप्रेटर एक जना र चौथो तहको सहायकमा २३ जना कर्मचारी माग गरेको हो ।

बरिष्ठ अधिकृतको लागि स्नातकोत्तर गरेको हुनुपर्ने छ । अधिकृतको लागि स्नातक, वरिष्ठ सहायकको लागि प्रविणता प्रमाणपत्र तह, सहायकको लागि एसएलसी उत्तीर्ण गरेको हुनु पर्नेछ ।

५औं तहको मिल अप्रेटरको लागि मेकानिकल इन्जिनियरिङमा प्रमाणपत्र तह उत्तीर्ण गरेको हुनु पर्नेछ भने ४ औं तहको मिल अप्रेटरको लागि एसएलसी उत्तीर्ण गरी ६ महिनाको मेकानिकलसम्बन्धी तालिम लिई ६ महिनाको कार्यनुभव हुनुपर्ने जनाइएको छ । आवदेकले माघ २४ गतेसम्म आवेदन दिन पाउने संस्थानले जनाएको छ । संस्थाले खुला तथा समावेशी तवरले स्थायी पदपूर्ति गर्न लागिएको जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७