काठमाडौं भित्रिने गाडीको प्रदूषण परीक्षण र चालकको आँखा जाँच गरिंदै


४ माघ २०७५, शुक्रबार
nakdhunga

काठमाडौं, ४ माघ । सवारीसाधनको अवस्था पत्ता लगाउन काठमाडौंको नागढुङ्गामा प्रहरी र यातायात व्यवस्था विभागको टोलीले गाडीको प्रदूषण परीक्षण गरेको छ ।

nakdhunga

विभिन्न जिल्लाबाट भित्रिएका बस, ट्रक, माइक्रो र टिपरसहित ४७ वटा सवारीसाधन जाँच गर्दा १५ वटा गाडी प्रदूषण फेल भएको पाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज जनाएको छ ।

प्रदूषण फेल भएका सवारी चालकलाई कार्वाही गरिएको ट्राफिक प्रहरीले महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जयराज सापकोटाले जानकारी दिए । सवारी साधनको अवस्था ठीक हुनका लागि पेट्रोलबाट सञ्चालित सवारीमा तीन प्रतिशतभन्दा कम कार्बन मोनोअक्साइड र हाइड्रोकार्बन एक हजार पिपिएमएचसीभन्दा कम हुनुपर्छ ।

डिजेलबाट चल्ने गाडीको धुवाँको घनत्व ६५ प्रतिशतभन्दा कम एचएसयु हुनुपर्ने मापदण्ड रहेको विभागको सवारी परीक्षण कार्यालयले जनाएको छ ।

मापदण्ड विपरीत प्रदूषण फेल हुने सवारी साधनलाई रु ५०० देखि एक हजार ५०० सम्म जरिवाना हुने व्यवस्था रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । ट्राफिक प्रहरी र सरोकारवाला निकायको संयुक्त टोलीले चालकको स्वास्थ्य अवस्था समेत जाँच गरेको छ ।

जाँचमा नेपाल प्रहरी, ट्राफिक प्रहरी, नेपाल प्रहरी अस्पतालका चिकित्सक र यातायात व्यवस्था विभागको प्रदूषण परीक्षण प्राविधिकको सहभागिता थियो । उक्त टोलीले सवारी चालकको आँखाको समेत परीक्षण गरेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७