‘सम्झनामा आई रन्छौ’ बोलको पूर्वेली गीत सार्वजनिक


४ माघ २०७५, शुक्रबार
soniya rai and suvam rai

काठमाडौ, ४ माघ । गायिका अर्जुना राई र गायक शुभम राईको स्वरमा ‘सम्झनामा आई रन्छौ’ बोलको नयाँ पूर्वेली गीत सार्वजनिक भएको छ । प्रेमिल भावमा रहेको गीतमा गाउँ घरमा घाँस काट्दा लगाईने माया पिरतीको बर्णन गरिएको छ ।

गीत लोक लयमा भएपनि, डान्सिङ्ग बिटमा तयार भएकोले धेरैलाई नचाउन सक्ने बनेको गीतकार इन्द्र जिजीबिषाले बताए ।

गीतलाई संगीतकार तथा गायक सुमन राईले लय संकलन र कम्पोज गरेका छन् । चलचित्र ‘मट्टिमाला’मा संगीत गरेर चर्चाको शिखरमा पुगेका संगीतकार सुमन राई पछिल्लो समय निक्कै व्यस्त संगीतकारको रुपमा रहेका छन् । यो गीतको एरेन्ज राजु कार्की र गोविन्द सोनीले मिक्सिङ्ग गरेका हुन् ।

भिडियोमा सोनिया राई र गायक स्वयम् शुभम राईले अभिनय गरेका छन् । काठमाडौँको रमणिय स्थलहरुमा छायांकन गरिएको म्युजिक भिडियोलाई छायांकन, सम्पादन र निर्देशन बिनोद बिनिर्जरा राईले गरेका हुन् ।

अर्जुना राईले निर्माण गरेको म्युजिक भिडियो ‘सम्झनामा’लाई खिचडी नेपालको प्रस्तुतीमा हाम्रो प्रतिभा प्रोडक्सनले बजारमा ल्याएको हो । उक्त म्युजिक भिडियोमा संजिता राईले मेकअप गरेकी हुन् ।

भिडियो

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७