सहुलियत व्याजमा ऋण लिनेको संख्यामा वृद्धि, कतिले लिए ऋण ?


४ माघ २०७५, शुक्रबार
sahuliyat

काठमाडौं, ४ माघ । सरकारले दिएको सुविधाको उपभोग गरी कृषि तथा पशुपंक्षी व्यवसायमा कर्जा लिनेको संख्या बढ्दै गएको पाइएको छ ।

sahuliyat

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मुलुकको पछिल्लो आर्थिक विवरणमा गत मंसिर मसान्तसम्म नौ हजार ७४९ जनाले कृषि कर्जा लिएको पाइएको छ । सरकारले कृषि क्षेत्रको विकासका लागि भन्दै पाँच प्रतिशत व्याज अनुदान दिएको छ ।

राष्ट्र बैंकको विवरणअनुसार रु १४ अर्ब ३९ करोड बराबरको लगानी भएको छ । कृषि क्षेत्रलाई थप व्यावसायिक र प्रतिष्पर्धी बनाउने लक्ष्यका साथ सरकारले व्याज अनुदान दिँदै आएको छ । उक्त कर्जा लिएका व्यक्तिबाट रु ७५ करोड ८२ लाख बराबरको व्याज अनुदान प्रदान गरिएको छ ।

यस्तै उत्पादनशील क्षेत्रतर्फ कर्जा लगानी तथा निर्यात विस्तारमा समेत सहयोग पुर्‍याउने उद्देश्यले राष्ट्र बैंकले सहुलियत दरमा प्रदान गरिने पुनःकर्जाको उपयोग समेत बढेको छ ।

गत मंसिर मसान्तसम्ममा राष्ट्र बैंकले रु १६ अर्ब ७० करोड पुनः कर्जा लगानीमा गरेको छ । भूकम्पपीडितलाई आवासीय घर निर्माणका लागि सहुलियतपूर्ण कर्जा प्रदान गर्न यस बैंकबाट बैंक तथा वित्तीय संस्थालाई उपलब्ध गराइएको पुनः कर्जाको बक्यौता गत मंसिर मसान्तसम्ममा रु दुई अर्ब ४२ करोड रहेको छ । त्यस्तो कर्जा लिनेको संख्या एक हजार ५३४ जना रहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७