नायिका ऋचा शर्मालाई हार्ट अट्याक, यसरी हुँदैछ उपचार


४ माघ २०७५, शुक्रबार
reecha sharma sutra entertainment

काठमाडौं, ४ माघ । नायिका ऋचा शर्मालाई हार्ट अट्याक भएको छ । उनलाई नर्भिक अस्पतालको आइसियुमा भर्नाका गरिएको छ । हिजो एक्कासी छाती दुखेपछि उनी उपचारार्थ अस्पताल पुगेकी थिइन् ।

reecha sharma sutra entertainment

‘नायिका ऋचा शर्माको उपचार चलिरहेको छ’, नर्भिक अस्पताल स्रोतले भन्यो, ‘उहाँलाई एन्जियोग्राफी गरिसकिएको छ । स्वास्थ्यमा क्रमशः सुधार देखिएको छ ।’

उनलाई आज अबेरसम्म आइसियुबाट वार्डमा स्थानान्तरण गर्ने सम्भावना रहेको अस्पताल स्रोतले जानकारी दिएको छ । नायिका ऋचाको उपचारमा नर्भिक अस्पतालका मुटुरोग विशेषज्ञ डा. जेपी जयसवालले नेतृत्व गरिरहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७