लक्ष्मी बैंकले नौ प्रतिशत लाभांश दिने


४ माघ २०७५, शुक्रबार
laxmi bank

काठमाडौं, ४ माघ । लक्ष्मी बैंकले आफ्ना शेयरधनीलाई करीब नौ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकले आठ दशमलव ५० प्रतिशत शेयर लाभांश र शून्य दशमलव ४५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

laxmi bank

आर्थिक वर्ष २०७४–७५ को नाफाबाट रु ६९ करोड ८८ लाख ४१ हजार ६९० बराबरको ६९ लाख ८८ हजार ४१६ कित्ता शेयर लाभांश र रु तीन करोड ६७ लाख ८१ हजार १४२ बराबरको नगद लाभांश दिने प्रस्ताव गरेको हो । बैंकले गरेको उक्त प्रस्ताव यही माघ २८ गते आयोजना गरिएको वार्षिक साधारणसभाले पारित गरी नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि शेयरधनीलाई वितरण गरिने छ ।

बैंकले साधारणसभामा धितोपत्र दलाल व्यवसायीको काम गर्ने गरी सहायक कम्पनी खोल्ने प्रस्तावसमेत राखेको छ । पछिल्लो समयमा नेपाल धितोपत्र बोर्डले बैंक तथा वित्तीय संस्थालाई धितोपत्र दलाल व्यवसाय गर्नका लागि सहायक कम्पनी स्थापनाका लागि प्रक्रिया अगाडि बढाउन नेपाल स्टक एक्सचेञ्जलाई निर्देशन दिएको छ ।

यस्तै लक्ष्मी बैंक र अन्य उपयुक्त बैंक वा वित्तीय संस्था एक आपसमा गाभ्ने वा गाभिने तथा अन्य कुनै संस्थालाई प्राप्ति गर्ने सम्बन्धमा यसअघि नै भएको प्रक्रियालाई समेत निरन्तरता दिने प्रस्ताव समेत रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७