फिक्कलमा र्‍याफ्टिङको रोमाञ्चकता {फोटोफिचर-भिडियो}


४ माघ २०७५, शुक्रबार
Sun koshi rafting

सिन्धुली, ४ माघ : संघीय राजधानी काठमाडौंबाट करिब चार घन्टाको सडक यात्रापछि पुगिन्छ, फिक्कल गाउँपालिकाको केन्द्र रहेको खाङसाङ बेसी । पारी ओखलढुङ्गाको अग्ला–अग्ला डाँडाहरु, माथि ७ हजार ७ सय ७१ फिट अग्लो फिक्कल डाँडा । सुनकोशीको किनारमा लमतन्न बसेको छ, खाङसाङ बेसी ।

Sun koshi rafting

काठमाडौंबाट बिपि राजमार्ग हुँदै खुर्कोट–घुर्मी मध्यपहाडी लोकमार्गको १ सय ५७.२ किलोमिटर सडक यात्रा निकै रोमञ्चक हुन्छ । भोटेकोशी, तामाकोशी लिखुलाई दायाँ पारेर गएको यो सडक खण्डको यात्रा आफैमा रमाइलो छ ।

wow sun koshi rafting nepal

भौतिक पूर्वाधार बिकासको हिसाबले फिक्कलबासीहरु भने आफूलाई सिन्धुलीको कर्णालीबासी सम्झिन्छन् । तर, प्राकृतिक सम्पदाको दृष्टिले यो क्षेत्र सिन्धुलीको लागि कर्णाली होइन राजधानी जस्तै छ । फिक्कल गाउँपालिकामा पर्ने महादेवडाँडा, सुम्नाम पोखरी, खोलागाउँ, खाङसाङ, सोल्पाठाना र रत्नावती सबै गाउँहरु प्राकृतिक र सांस्कृतिक हिसाबले सम्पन्न छ ।

Rafting in Sun Koshi Nepal
Nepali toursim in sun koshi rafting nepal

तर, ती सम्पदाहरुको उपयोग नहुँदा फिक्कलबासीहले अझै पनि आफूलाई सिन्धुलीको कर्णालीबासी सम्झिरहेका छन् । तिनै प्राकृतिक सम्पदाहरुसँग सबैको साक्षत्कार गराउनका लागि अहिले फिक्कलमा महोत्सव चलिरहेको छ । फिक्कल गाउँपालिकाको आयोजनामा माघ २ गतेदेखि सुरु भएको महोत्वस ७ गतेसम्म चल्नेछ ।

Ganesh Kumar Pahadi
Rafting in nepal
CPN Leader sun koshi rafting nepal
Sun koshi

सुनकोशीमा र्‍याफ्टिङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले उद्घाटन गरेको महोत्सवको सबैभन्दा आकषर्ण रहेको छ, जलयात्रा अर्थात् ‘र्‍याफ्टिङ’ । महोत्सवमा खाङसाङदेखि झगरेबेसीसम्म करिब एक घन्टाको ‘र्‍याफ्टिङ’ गराइएको छ । आवश्यकता अनुसार लामो समयको ‘र्‍याफ्टिङ’ पनि गराउन सकिने रिभर गाइड खुम रानामगरले बताए । उनका अनुसार फिक्कलको यो क्षेत्र ‘र्‍याफ्टिङ’लागि उपयुक्त क्षेत्र हो ।

wow Nepal
TH4B9809
Sun koshi rafting nepal

सांसद गणेशकुमार पहाडीले अब क्षेत्रमा व्यावसायिक रुपमा ‘र्‍याफ्टिङ सञ्चालन गरिने जानकारी दिए । यो क्षेत्रलाई नेपालकै पर्यटकीय गन्तव्य बनाउनका लागि सांसद पहाडी कम्मर कसेर लागेका छन् ।

Rafting

पर्यटन मन्त्रालय र सरोकारवाला सबै निकायहरुमा यसको लागि आफूले पहल गरीरहेको पहाडीले बताए । फिक्कलको समृद्धिमा पर्यटनलाई जोड्ने प्रयास रहेको उनको भनाई छ ।

हेर्नुहोस् भिडियो :-

Rafting Nepal sun koshi
Rafting nepal
Rafting in Nepal 2
PM Ganesh Kumar Pahadi

यसैगरी यो क्षेत्रमा प्याराग्लाइडिङ पनि सुरु गरिएको छ । ओखलढुङ्गाको टोड्के डाँडोबाट उडान गरेर खाङसाङस्थित सुनकोशी किनारमा अवतरण गर्ने गरी प्याराग्लाइडिङ सुरु गरिएको हो । अब यो क्षेत्रमा जाने पर्यटकले र्‍याफ्टिङ र प्याराग्लाइडिङ दुबैको आनन्द लिन सक्नेछन् ।

Subash Devkota
River


फिक्कलको डाँडाबाट सुन्दर हिमाली श्रृखलासँगै पूर्वका पहाडी जिल्लाहरु पनि हेर्न सकिन्छ । सूर्योदय र सूर्यास्तको दृष्य अत्यन्तै मनमोहक हुने फिक्कल गाउँपालिकाका उपाध्यक्ष पार्वती सुनुवार बताउँछिन् । भनिन्, ‘सूर्योदय र सूर्यास्त हेर्नका लागि यो सबैभन्दा उयुक्त ठाउँ हो ।’

Ganesh Kumar Pahadi
Nepal tourism

फिक्कलको उत्तरतिर रहेको महाकाली देवीस्थान नजिकमा रहस्यमय प्राकृतिक गुफाहरु छन् । आसपासका वन जंगलमा बहुमूल्य जडिबुटी पाईने स्थानीय बासिन्दासमेत रहेका पत्रकार उज्ज्वल पहाडीले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७