वडाध्यक्षको सिफारिसमा पुस्तौंदेखि बसिआएको दलित बस्ती बिक्री !


५ माघ २०७५, शनिबार
Dalit basti

सिरहा, ५ माघ । सिरहाको मिर्चैया नगरपालिका– ९ रम्पुरामा तीन पुस्तादेखि बस्दै आएको दलित बस्ती वडाध्यक्षको सिफारिसमा बिक्री भएको खुलेको छ ।

Dalit basti

१५ घरधुरी दलित समुदाय बसोबास गर्दै आएका जमिन वडा कार्यालयबाट वडाध्यक्षले दिएको गलत सिफारिसका कारणले बिक्री भएको हो ।

वडाध्यक्ष मोहन प्रसाद पोखरेलले बस्तीमा घरबाटो केहि नभएको (जग्गा खाली भएको) सिफारिस दिएपछि कारोबारीले जग्गा खरिद गरेका हुन् । बस्ती बिक्री भएपछि बसोबास गर्दै आएका बासिन्दा वडा कार्यलय, नगरपालिका, मालपोत लगायतका ठाउँम दौडधुप गर्दै आएका छन् । जग्गा बिक्री भएपछि आफूहरुलाई थप पीडा भएको बस्तीका रामेश्वर महराले बताए ।

पुस्तौँदेखि बसोबास गर्दै आएको ठाउँ बिक्री भएपछि दलित बस्तीका बासिन्दाको विजोग भएको छ । ‘बाजेको पालादेखि बसोबास गर्दै आएको जग्गा जनप्रतिनिधिको गलत सिफारिसबाट किनबेच भएछ’ रामले भने ‘जनप्रतिनिधि गरिबलाई जोगाउने भन्दा पनि भगाउनै आएका रहेछन् ।’ यो खबर नागरिक दैनिकमा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७