सिङ्गै गाउँ चार जनाको नाममा, लालपुर्जाबिहीन गाउँले


५ माघ २०७५, शनिबार
fulching

डोल्पा, ५ माघ । जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका, ५ फुल्चिङका ६९ वर्षीय चन्द्रलाल चलाउनेको नाममा एक टुक्रा पनि जग्गा छैन । घरअगाडिको प्रशस्त जमिनमा मेहनतका साथ अधियाँ खेती गरे पनि उनको परिवारलाई वर्षभरि जीविका चलाउन मुस्कल पर्छ ।

fulching

कारण, उब्जनीको ६० प्रतिशत अन्नबाली तिल्सङलाई बुझाउनु पर्छ । गाउँमा उनको परिवार बसेको कयौँ पुस्ता बितिसकेको छ । जमिन नै नभएपछि उनको नाममा लालपुर्जा हुने कुरै भएन् । केही फुल्सिङबासीसँग त छ तर ऐलानी भएका कारण लालपुर्जा छैन ।

भएका सबै नम्बरी जग्गा अन्य गाउँका चार व्यक्तिका नाममा रहेकाले त्यहाँका बासिन्दा लालपुर्जा्बिहीन बन्न पुगेका हुन् । यो समाचार आजको नागरिकबाट लिएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७