बीपीएल : सन्दीपको टोली आज रंगपुर राइटर्ससँग भिड्दै


५ माघ २०७५, शनिबार
sandeep lamichhane 1

काठमाडौं, ५ माघ । नेपाली युवा बलर सन्दीप लामिछानेको टोली सिलेट सिक्सर्सले बंगलादेश प्रिमियर लिगमा शनिबार रंगपुर राइटर्ससँग भिड्दैछ । सिलेटमा हुने यो खेल नेपाली समय अनुसार दिउँसो १ बजेबाट शुरु हुनेछ ।

sandeep lamichhane 1

जारी प्रतियोगितामा ६ खेलमा मात्र दुईमा जीत निकालेको सिलेटले शनिबार रंगपुरविरुद्ध जीत निकाल्ने लक्ष्य राखेको छ । यस प्रतियागितामा ६ खेलमध्ये दुई खेलमा विकेटविहीन बनेका सन्दीपले शुक्रबार भएको खेलमा एक विकेट लिएर २७ रन दिएका थिए । शनिबार पनि उनी टिममा पर्ने प्रबल सम्भावना रहेको छ ।

जारी प्रतियोगितामा कुल चार विकेट लिएका सन्दीपले कोमिल्लाविरुद्ध दुई विकेट लिएका थिए भने भिकिंग्सविरुद्ध लिन सकेनन् । यस्तै नाइटामाइट्सविरुद्ध पनि विकेटविहीन बनेका सन्दीप अर्को खेलमा ड्रप भएका थिए । त्यसपछि उनले कमब्याक खेलमा रंगपुरविरुद्ध नै एक विकेट लिएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७