रुसका दुई लडाकू विमान दुर्घटनामा


५ माघ २०७५, शनिबार

सिन्ह्वा

मस्को, ५ माघ । रुसी हवाई बलको दुई ओटा लडाकू विमान एक आपसमा ठक्कर खाएका छन् ।

 
प्रशिक्षणमा रहेका ती विमानहरु देशको सुदुरपूर्वमा शुक्रबार उडाइएको रुसको रक्षा मन्त्रालयले पुष्टि गरेको छ । 

मन्त्रालयद्वारा जारी वक्तव्यका अनुसार दुर्घटना भएका विमानहरु जापानी समुद्रमाथी जुधेका हुन् । स्थानीय समय अनुसार विहान ८ बजेर ७ मिनेट जाँदा दुर्घटना भएको अधिकारीहरुले जनाएका छन् । 

ठक्कर खाएका विमानहरु गोला बारुद विना थिए भने उनीहरुलाई सुरक्षित अवतरण गरिएको छ । 

एनएन– १२ र टु मि–८ नामका हेलिकोप्टरले अवतरण गरेको ठाउँबाट विमान चालकहरुको उद्धारका लागि खोजी गरिरहेको छ । 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७