रोकिराखेको रात्रि बसलाई ट्रकले ठक्कर दिंदा तीन जना ठहरै, तीन जना घाइते


५ माघ २०७५, शनिबार

सर्लाही, ५ माघ । पूर्व पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको बाँके जङ्गल खण्डमा शनिबार बिहान रोकिराखेको रात्रि बसलाई ट्रकले ठक्कर दिँदा तीन यात्रुको ज्यान गएको छ ।

accident काभ्रेमा प्रहरीका वरिष्ठ अधिकारी सवार जीप दुर्घटना पत्रकारसहित तीनको मृत्यु

काठमाडौंबाट इलामको पशुपतिनगरका लागि जाँदै गरेको ना ४ ख ९७५४ नम्बरको बसलाई बिग्रिएपछि बाटोमा रोकेर राखिएको थियो । त्यस क्रममा पूर्वैतर्फ जाँदै गरेको ना ५ ख ७१२९ नम्बरको ट्रकले बिहान २ बजे उक्त बसलाई पछाडिबाट ठक्कर दिएको हो ।

उक्त दुर्घटनामा परी बसका यात्रु इलामको सुलुबुङ–७ २७ वर्षीय गोविन्द साउदेन, सुनसरी इटहरी उपमहानगरपालिका–१६ की ३० वर्षीया विनिता राई र पर्साको वीरगञ्ज उपमहानगरपालिका–१९ का ३५ वर्षीय रहिम मियाँको मृत्यु भएको सर्लाही जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

यसैगरी दुर्घटनामा बसका यात्रु नुवाकोट विदुर नगरपालिका–१३ का २७ वर्षीय दावा तामाङ, बसका चालक झापा अर्जुनधारा नगरपालिका–६ का ३५ वर्षीय राजेन्द्र खड्का र सहचालक उदयपुर कटारी नगरपालिका–१ का २२ वर्षीय दीपक अधिकार घाइते भएका छन् ।

खुट्टा भाँचिएका तामाङको उपचार ललितपुरस्थित बी एन्ड बी अस्पतालमा, खड्काको बिर्तामोडमा र अधिकारीको सर्लाहीकै लालबन्दीमा उपचार भइरहेको छ । मृतकका शव सदरमुकाम मलंगवास्थित जिल्ला अस्पतालमा राखिएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा परेका बस र ट्रक फूलजोर प्रहरी चौकीको नियन्त्रणमा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७