नागरिक लगानी कोषको कार्यालयमा आगलागी


५ माघ २०७५, शनिबार
lagani

काठमाडौं, ५ माघ । नयाँ बानेश्वरस्थित नागरिक लगानी कोषको भवनमा शनिबार दिउँसो आगलागी भएको छ ।

lagani

कोषको भवन ब्लक नम्बर ‘डि’ को पहिलो तलामा आगलागी भएको हो । आगलागीको यकिन कारण खुल्न बाँकी छ । विद्युत सट भएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

आगलागीबाट कार्यालयको टेवल, कुर्सी र कागजातहरु जलेको भए पनि के कतिको क्षति भयो भन्ने यकिन विवरण आउन बाँकी नै छ । आगलागी नियन्त्रणका लागि दुईटा दमकल खटेको थियो । नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले आगो नियन्त्रणमा लिइसकेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७