मेलिना राईको ‘बैगुनी’ सार्वजनिक


५ माघ २०७५, शनिबार
melina rai1

काठमाडौं, ५ माघ । चर्चित गायिका मेलिना राईको नयाँ गीत ‘बैगुनी’ सार्वजनिक भएको छ । एकपछि अर्को हिट गीत गाइरहेकी गायिका राई शुक्रबार आफनै युटुयुब च्यानल मार्फत गीत सार्वजनिक गरेका हुन् ।

बिछोडको पीडा भावलाई गाइएको गीतमा गायिका राईको स्वर रहेको गीतको शब्द कुमार मिश्रको रहेको छ । यस्तै संगित टेकिन्द्र नेपाली एजेन्ज गोपाल रसाइली र मिक्सिङ प्रकाश मिश्रले गरेका छन् ।

गायनसँगै सुन्दरताका धनी गायिका राई गीतको भिडियोमा अभिनय पनि आफैले गरेकी छिन् । उनले यसअघि ‘बैसै बईमानी’ बोलको गीत मार्फत गीतमा फिचरिङ गरेकी थिइन् । भिडियोको कोरियाग्राफी भने बिमला तामाङले गरेका हुन् ।


यस्तै भिडियोको छायाँकन तथा निर्देशन शान थापा र सम्पादन सुप्रिम पराजुली गरेका छन् भने उत्पादन व्यवस्थापन मनोज जोशीले गरेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७