कांग्रेसका लोकप्रिय नेता तीर्थ भुषालसहितका नेताहरु नेकपामा प्रवेश


५ माघ २०७५, शनिबार
Tirtha Bhusal

काठमाडौं, ५ माघ : नेपाली कांग्रेसका पूर्व सांसद सहित दर्जनौं नेता तथा कार्यकर्ताहरु कांग्रेस त्यागेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवेश गरेका छन् । चितवनबाट निर्वाचित पूर्व सांसद तथा लोकप्रिय नेता तीर्थ भुषालसहित नेपाली कांग्रेसका नेता–कार्यकर्ताहरुको समूह नेकपामा प्रवेश गरेको हो ।

Tirtha Bhusal


शनिबार पार्टी मुख्यालयमा पूर्व सांसद भूषालसहितका कांग्रेसका नेताहरुलाई अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले स्वागत गरेका छन् ।

CPN Meeting


भुषाल ०५१ को प्रतिनिधिसभामा वामपन्थीहरुको गढ मानिने चितवन क्षेत्र नं ४ बाट निर्वाचित सांसद समेत हुन् । उनी ०४९ सालमा कांग्रेस चितवनको सभापति थिए ।

भुषाल चितवन कांग्रेसका पुराना नेताहरुमध्येमा पर्छन् । उनी ‘राप्ति पुल’ निर्माण पहलकर्ताका रुपमा समेत चितवन र माडीमा लोकप्रिय छन् ।

नेकपामा प्रवेश गर्दै नेता भुषालले अब सबै नेकपामा गोलबन्द भएर मुलुकको समृद्धिमा लाग्नुपर्ने उनको भनाई ।


पार्टी प्रवेश कार्यक्रममा पार्टी महासचिव बिष्णु पौडेल, सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा बादल, स्थायी कमिटि सदस्य तथा प्रदेश नम्बर ५का मुख्यमन्त्री शंकर पोखरेल, स्थायी कमिटि सदस्य योगेश भट्टराई लगायतका नेताहरु उपस्थीत थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७