अब विना लाइसेन्स पढाउन पाइने


६ माघ २०७५, आईतवार
teacher

काठमाडौं, ६ माघ । अहिलेसम्म लाइसेन्स विनाका शिक्षकले पढाउन नपाउने नियम थियो । तर, अब पढाइमा अब्बल विद्यार्थीले विना लाइसेन्स पढाउन पाएको छ ।

teacher

उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोगले सरकारलाई मेधावी विद्यार्थीले विना लाइसेन्स अध्यापन गराउन पाउने व्यवस्था गर्न सिफारिस गरिएको छ ।

विश्वविद्यालयमा शिक्षामा उच्च स्थान हासिल गरेका मेधावी र क्षमतावान व्यक्तिलाई शिक्षण पेसामा आकर्षित गर्न यस्तो सिफारिस गरिएको हो ।

अब्बल र मेधावी विद्यार्थीले शिक्षा अध्यापन अनुमतिपत्र नलिए पनि अध्यापन गराउन पाउने व्यवस्था गर्न सरकारद्वारा गठित उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोगले सिफारिस गरेको हो । आयोगको सो सिफारिसप्रति सरकारी अधिकारीहरु पनि सकारात्मक देखिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७