पीएसजीको कीर्तिमानी जीत, एम्बाप्पे र काभानीको ह्याट्रिक, नेइमारले गरे दुई गोल


६ माघ २०७५, आईतवार
psg 2 WkAV23nIgE

काठमाडौं, ६ माघ । फ्रेन्च लिग वनमा पीएसजीले गुइनग्याम्पमाथि ९–० को जित निकालेको छ । नौ दिन अघि फ्रेन्च कपको खेलमा गुइनग्याम्पसँग पीएसजी २–१ ले पराजित भएको थियो ।

psg 2 WkAV23nIgE

पेरिसमा भएको खेलमा पीएसजीको जितमा केलियन एम्बाप्पे र इडिन्सन कभानीले ह्याट्रिक गरे भने नेइमारले दुई गोल गरे ।

एघारौं मिनेटमा नेयमारले गोल गर्दै पीएसजीलाई अग्रता दिलाए । ३७ औं र ४५ औं मिनेटमा एम्बाप्पेले गोल गरेपछि पीएसजीले पहिलो हाफअघि ३–० को अग्रता लियो । तालिकाको पुछारमा रहेको गुइनग्याम्प दोस्रो हाफमा झन् निरिह बन्यो । उसले दोस्रो हाफमा ६ गोल खायो ।

psg 1 gwIYv7eNMJ

५९ औं मिनेटमा कभानीले गोलको खाता खेले । ६६ औं मिनेटमा कभानीले ब्यक्तिगत दोस्रो गोल गर्दा पीएसजीले ५–० को अग्रता लियो । त्यसको दुई मिनेटपछि नेइमारले पनि ब्यक्तिगत दोस्रो गोल पूरा गरे । ७५औं मिनेटमा कभानीले ह्याट्रिक गर्दा पीएसजीले ७–० को अग्रता लियो ।

psg 4 LdW0CtpVi6

८०औं मिनेटमा कभानीको पासमा गोल गरेपछि एमबाप्पेले पनि ह्याट्रिक पूरा गरे भने पीएसजीले ८–० को अग्रता लियो । ८३औं मिनेटमा थोमस मुनिरले गोल गरेर पीएसजीलाई ९–० को जीत दिलाए । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७