श्रीमतीको हत्या गरी आफै पनि आत्महत्या


६ माघ २०७५, आईतवार
hatya 1 2

काठमाडौं, ६ माघ । कैलालीका एक व्यक्तिले श्रीमतीको हत्या गरेर आफैले पनि आत्महत्या गरेका छन् ।

hatya 1 2

कैलालीको जानकी गाउँपालिका–७, गोलौरीका ३५ वर्षीय प्रेमलाल चौधरीले ३२ वर्षीया श्रीमती रमा चौधरीको टाउकोमा बञ्चरोले हानी हत्या गरेर आफैले पनि आत्महत्या गरेका हुन् ।

टीकापुरस्थित इलाका प्रहरी कार्यालयका अनुसार प्रेमलालले बिहान साढे ५ बजेतिर श्रीमतीको हत्या गरी आफैले पनि आत्महत्या गरेको जनाएको छ ।

श्रीमतीको हत्या गरी उनले बार्दलीमा गएर झण्डिएका हुन् । गम्भीर अवस्थामा उनलाई अस्पताल लगिएको भए पनि चिकित्सकले मृत घोषणा गरेको डीएसपी शिवबहादुर सिंहले जानकारी दिएका । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७