मलेशियामा छुरा प्रहारबाट ललितपुरका इन्द्र तामाङको हत्या, अर्का एक घाइते


६ माघ २०७५, आईतवार
malesiya httKWbBAJv

काठमाडौं, ६ माघ । नेपालीहरुको वैदेशिक रोजगारीको गन्तव्य मलेशिया पछिल्लो समय असुरक्षित बन्दै गइरहेको गुनासो बढिरहेका बेला शनिबार राति एक नेपालीको छुरा प्रहार गरी हत्या गरिएको छ । अर्का एक नेपाली सख्त घाइते भएका छन् ।

malesiya httKWbBAJv

मलेसियाको राजधानी क्वालालम्पुरको केपोङ्गस्थित एक कम्पनीमा शनिबार राति नेपाली र म्यानमारका कामदारबीच विवाद हुँदा ललितपुरका इन्द्र तामाङको छुरा प्रहारी गरी हत्या गरिएको हो ।

घटनामा छुरा लागेर झापाका लालबहादुर लिम्बू सख्त घाइते भएका छन् । नेपाली र म्यानमारका कामदारबीच झगडा भएपछि छुट्याउन खोज्दा म्यानमारका नागरिकको छुरा प्रहारबाट तामाङको ज्यान गएको हो ।

छुरा लागेर लिम्बूलाई राति नै अस्पताल भर्ना गरिएको छ । छुरा प्रहार गर्ने म्यानमार नागरिक भने फरार छन् । पछिल्लो समय मलेशियामा नेपाली कामदारहरु असुरक्षित रहेको त्यहाँ कार्यरत नेपालीहरु बताउँछन् । नेपालीहरुमाथि लुटपाट, कुटपिट र हत्यासम्मका घटनाहरु बढिरहेको उनीहरुको भनाई छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७