डिभोर्सपछि फेरि अञ्जु पन्त र मनोजराज एकै ठाउँ


६ माघ २०७५, आईतवार
anju panta and manoj raj sewa

काठमाडौं, ६ माघ । गायिका अञ्जु पन्त र गायक–संगीतकार मनोजराज शिवाकोटीबीच सम्बन्ध विच्छेद भएको धेरै समय भइसक्यो । उनीहरुले अहिले आफूलाई आ–आफ्नै तरिकाले अगाडि बढाइरहेका छन् ।

anju panta and manoj raj sewa

तर, फेरि सम्बन्धविच्छेदको लामो समयपछि सांगीतिक सहकार्य गरेका छन् । गायिका अञ्जु पन्तले पूर्व पति गायक तथा संगीतकार मनोजराज शिवाकोटीसँग गीत गाएकी छन् । उनले मनोजसँग ‘सम्झे पनि तिम्रो याद…’ बोलको गजल गीत गाएकी हुन् ।

शुक्रबार भिडियोसहित सार्वजनिक गीतमा गजलकार सुरेश वाग्लेको शब्द तथा मनोजराजकै संगीत रहेको छ । निकेश खड्काले निर्देशन रहेको भिडियोमा अभिनेत्री प्रियंका कार्की, मोडल अनिल थापा र गजलकार वाग्लेको अभिनय रहेको छ ।

gajal 3 ffTmMyteS8

डिभोर्सपछि गायिका अन्जुले पहिलोपटक मनोजराजसँग यो गीत गाएकी हुन् । अन्जु पन्त र मनोजराजसँग आफ्नो निकै पुरानो चिनजान रहेकोले पारिवारिक सम्बन्ध टाढा भएपनि सांगीतिक सम्बन्धमा म जोड्न सफल भएको गीतकार वाग्लेको भनाई रहेको छ ।

भिडियोमा अन्जुको जीवनमा भएको वास्तविक कथा प्रियंका र अनिल थापाले प्रस्तुत गरेको निर्देशक निकेशले बताएका छन् ।

हेर्नुस् गीतको भिडियो

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७