गगन नै उभिए देउवाको विपक्षमा, भने, ‘वाइड बडीमा संलग्नता भए छोड्न हुँदैन’


६ माघ २०७५, आईतवार
gagan thapa sher bdr deuba

काठमाडौं, ६ माघ । नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले वाइड बडी खरिदमा भएको अनियमिततामाथि सुक्ष्म छानविन हुनुपर्ने बताएका छन् ।

gagan thapa sher bdr deuba

कांग्रेस सभापति शेरबहादुर देउवाको पनि वाइड बडी खरिदमा नाम मुछिएका बेला नेता थापा देउवाको विपक्षमा देखिएका छन् । उनले वाइड बडी खरिदमा आफ्नो पार्टी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको संलग्नता पुष्टि भए छोड्न नहुने बताएका छन् ।

उनले वाइड बडी प्रकरणमाथि ‘दूधको दूध, पानीको पानी’ हुने गरी छानविन हुनुपर्ने बताउँदै पार्टी सभापति देउवा यस प्रकरणमा दोषी देखिए कानूनी कार्वाही हुनुपर्ने बताउँदै भने, ‘यो प्रकरणमा धेरैको नाम मुछिएको छ, हाम्रा पार्टी सभापति पनि छानविनमा दोषी देखिए जोगाउने कुरा आउँदैन ।’

भ्रष्टाचारमा संलग्न कसैलाई छाडिन्न भन्ने उदाहरण पेस गर्ने समय पनि अहिले भएकाले विमान खरिद प्रकरणमा भएको अर्बौको खेललाई जतिसक्दो चाँडो प्रभावकारी रुपमा छानविन हुनुपर्ने बताए ।

शुरुमा खरिद प्रकरणका बारेमा सत्य तथ्य छानबिन हुनुपर्छ भनेर नेपाली कांग्रेसले सदनमा आवाज उठाएको पनि नेता थापाले बताएका छन् । उनले यो विषयमा अहिले पनि कांग्रेसले आवाज उठाइरहेको बताए । लोकतन्त्रमा कानून माथि हुने छुट कसैलाई नभएको बताउँदै नेता थापाले भने, ‘यस्ता भ्रष्टाचारमा संलग्न भएको कसैलाई पनि छाडिन्न भन्ने कुरा स्थापित गर्ने बेला पनि यही नै हो ।’

संवैधानिक निकायले आफ्नो स्वायत्ततालाई कायम गरेर यसको निष्पक्ष छानबिन गर्नुपर्ने उनको भनाइ छ । नेपालमा विधिको शासन छैन भन्ने कुरालाई गलत सावित गराउन पनि यो प्रकरणको सत्य तथ्य निक्र्यौल निकाल्नु पर्ने उनको भनाई छ । उनले सबै जना यो प्रकरणलाई सेलाउन दिनु हुँदैन भन्ने कुरामा लाग्नु पर्ने समेत बताउँछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७