यस्तो छ ५० हजार पनि नपर्ने बाइक, माइलेज र सुरक्षा उच्च


६ माघ २०७५, आईतवार
hero splendor pro classic 314 1

काठमाडौं, ६ माघ । अहिले बजारमा झन भन्या झन् महँगा बाइकहरु भित्रिइरहेका छन् । त्यसैले मध्यम आयका मानिसलाई मोटरसाइकल चढ्न गाह्राे हुँदै गएको छ ।

hero splendor pro classic 314 1

तर, कम मूल्यमा पनि बजारमा बाइक किन्न पाइन्छ । तर महँगो बाइकले बजार पिटेका बेला यस्ता सस्तो तर भरपर्दो बाइकतर्फ मानिसको ध्यान भने कम गइरहेको पाइन्छ ।

हिरो मोटोकर्पले आफ्नो लोकप्रिय बाइक एचएफ डिलक्सले भारतीय बजारमा इन्टिग्रेटेड ब्रेकिङ सिष्टम फिचरको साथ नयाँ हिरो बाइक लञ्च गरेको छ । ४९ हजार ६७ भारु मूल्य तोकिएको मोटर बाइकको विभिन्न विशेषता रहेको छ ।

एचएफ डिलक्स कम्पनीले आइथ्रीएस आइडल स्टार्ट स्टप सिष्टम प्रविधिको साथ नयाँ बाइक ल्याएको हो । नयाँ प्रविधिको सहयोगले बाइकको माइलेज बढ्नुको साथै प्रदूषण उत्सर्जनमा कमी ल्याउँछ । उक्त कम्पनीले ल्याएको नयाँ बाइकमा आइर्थीएस प्रविधिको बाइक पनि उपलब्ध रहेको छ । एतएफ डिलक्सले लञ्च गरेको बाइकमा आइबीएसको अलावा ठूलो ड्रम ब्रेक दिइएको छ ।

त्यसकारण ब्रेक लगाउँदा कम दूरीमा नै रोकिने छ । यसमा बाइकको इन्स्ट्रमेन्ट क्लस्टमा पनि परिवर्तन गरिएको छ । आईथ्रीइस प्रविधिको लागि क्लस्टरमा ब्लु लाइट, साइड स्ट्यान्ड वार्निङ लाइट र फ्युल गेज पनि राखिएको छ । यो बाइकमा ग्रीनका साथै हेभी ग्रे कलरमा उपलब्ध गराइएको छ । यसमा हिरो एचएफ डिलक्समा ९७.२ को सीसी , सिंगल सिलिण्डर राखिएको छ जसले ८.३६ बीएचपी पावर र ८.०५ एनएम टर्क जेनेरेट गर्छ ।

बाइकमा ४ स्पिड ट्रान्समिसन उपल्बन्ध रहेको छ । एचएफ डिलक्स आईथ्री एसको माइलेज ८८.२४ किलोमिटर प्रतिलिटर छ । सन् २०१९ लागेपछि हिरोले ल्याएको यो नयाँ बाइक हो । सेफ्टी नम्र्सलाई ध्यानमा राखी कम्पनीले आइबिएस प्रविधि राखेको छ । छुट्टै नयाँ नियमसँगै तयार गरिएको यो बाइकको १२५ कम इन्जिन क्षमताको बाइक कम्बी ब्रेकिङ सिष्टम हुनु आवश्यक छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७