मनाङको माइनस १० डिग्री जाडोमा अर्धनग्न भिमफेदी गाइज


६ माघ २०७५, आईतवार
bhimfedi guys 1 1

काठमाडाैं, ६ माघ । भिमफेदी गाइजको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ।

bhimfedi guys 2 1

उत्सव सुब्बा लामाको आवाजमा रहेको रनन रन्किने तोम्बा र छ्याङ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो। मनाङको रमणीय स्थलहरुमा खिचिएको गीत तामाङ सेलो शैलीमा रहेको छ।

मनाङको माइनस १० डिग्री चिसो तापक्रममा खिचिएको गीतलाई आफूहरुले निकै मिहेनत गरेकोले दर्शकहरुले मन पराउनुहुने विश्वास रहेको भिमफेदी गाइजका निर्मल लामाले बताए।

भिमफेदी गाइज र निर्जली लामा, पासाङ तामाङ प्रस्तुत भिडियोमा तोम्बा र छ्याङको सेवनले हुने दुर्घटनालाई रमाइलो तवरले प्रस्तुत गरिएको छ। मनाङ घुम्न गएका युवाहरु छ्याङ खाएर लट्ठ भएपछि सबै सदस्यहरु लुटिएको देखाइएको छ।

मिन सागर लामाको शब्द तथा उत्सव सुब्बा लामाको संगीतमा रहेको गीतको सम्पादन तथा छायांकन पवन सुस्लिङले गरेका हुन् भने गीतको कोरियोग्राफी निर्मल लामा स्वयम्ले गरेका हुन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७