बैंकको नायब प्रमुख कार्यकारीलाई पनि ‘कुलिङ पिरियड’ लाग्यो


६ माघ २०७५, आईतवार
Nepal Rastra bank

काठमाडौं, माघ ६ । अब वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृतलाई पनि कुलिङ पिरियड लागू भएको छ।

एकीकृत निर्देशन २०७५ का विभिन्न निर्देशनलाई संशोधन तथा परिमार्जन गर्दै राष्ट्र बैंकले क वर्गका बैंकलाई सो व्यवस्था गरेको हो। ख र ग वर्गका कम्पनीहरुमा भने नायव प्रमुख कार्यकारीका हकमा यस्तो व्यवस्था छैन। यद्यपी संचालक तथा प्रमुख कार्यकारीका हकमा सबैमा कुलिङ पिरियड लागू हुने बैंकले जनाएको छ।

अब वाणिज्य बैंकका संचालक समितिका कुनै सदस्य, प्रमुख कार्यकारी अधिकृत र नायब प्रमुख कार्यकारी अधिकृत पदबाट जुनसुकै कारणले हटे पनि ६ महिनाको समय व्यतित नभएसम्म संचालक वा अन्य कुनै पनि हैसियतमा काम गर्न पाउने छैनन्।

त्यस्तै कुनै संचालक आफ्नो पदावधि समाप्त नहुँदै जुनसुकै कारणबाट हटेमा पुनः सोही कार्यकालभित्र सोही संस्थाको संचालक पदमा मनोनित हुन पाउने छैन।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७