ठूला भारु नोट नेपाल ल्याउन नपाइने


६ माघ २०७५, आईतवार
bharu

काठमाडौं, माघ ६ । नेपाल राष्ट्र बैंकले ठूला भारु नोट चलनचल्तीमा नल्याउन सम्बद्ध पक्षलाई निर्देशन दिएको छ।

एकीकृत परिपत्र २०७४ संशोधन गर्दै राष्ट्र बैंकले नेपाली नागरिकले भारतीय रुपैयाँ भारतबाहेक अन्य मुलुकमा लैजान वा अन्य मुलुकबाट नेपाल ल्याउन नपाउने जनाएको छ।

त्यस्तै नयाँ भारु २ सय, ५ सय र २ हजारका नोट पनि साथमा नराख्न, ओसारपसार नगर्न र कारोबारमा नल्याउन भनेको छ। यस्ता नोटको प्रयोग गरेमा कानूनअनुरुप कारबाही हुने राष्ट्र बैंकले जनाएको छ।

बैंकले २०१६ नोभेम्वर ९ अघिका ५ सय र १ हजारका पुराना भारु नोटहरु चलनचल्तीबाट हटिसकको जनाउँदै त्यस्ता नोट साथमा नराख्न र ओसारपसार नगर्न भनेको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७