२०७५ माघ ७ गते सोमबारको तपाईको राशिफल


७ माघ २०७५, सोमबार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
पैतृक सम्पत्तिमा विवाद बढ्ने छ । सामान हराउन पनि सक्नेछ सचेत रहनुहोला । काम विगार्नेको सक्रियता पनि रहने देखिन्छ ।

rasifal

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
नयाँ काम वा रोजगारको अवसर मिल्ने छ । बाहन सुख मिल्ने छ । प्रेमीको सहयोग पाइने छ । स्वादिष्ट भोजन पाइने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
महत्वपूर्ण अवसर गुम्न सक्ने छ । खर्चको मात्रा बढ्ने छ । व्यवसायमा मन्दी आउँला । सरकारी निकाएको भय रहला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
लक्ष्मीको शुभ दृष्टि रहला, मनमा उत्साहका साथै बोली बिक्ने समय छ । मान प्रतिष्ठामा बृद्धि होला । प्रेम सम्बन्ध कसिलो हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
सामान हराउने वा नष्ट हुनेछ । कामहरू अधुरै रहलान् । घर व्यवहारको समस्याले सताउला । सरकारी निकाएको भय रहला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
धर्म,कर्म तथा समाज सेवामा मन लाग्ने छ । अनुहारमा कान्ति र मनमा शान्ति छाउँला । रोकिएको धन हाता पर्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिने छ । लगनशीलताले कामहरू अगाडि बढ्ने छन् । शुभ समाचार सुन्न पाइएला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
प्रेम र मित्रताको बन्धन गाढा हुँदै जानेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । वैदेशिक क्षेत्रको काम अघि बढ्ने छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
प्रेमीसँग भेटघाट सम्बन्ध कसिलो हुनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । बोलीको प्रभाब बढ्ने छ । शुभ समाचार सुन्नमा आउँला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
विशिष्ट व्यक्तिको सहयोग पाइने छ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । कला र गलाको प्रभाव बढ्ने छ । शुभ समाचार सुन्नमा आउँला ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
नजिकको व्यक्तिबाट सहयोग मिल्ने छ । सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ । वाणिज्य क्षेत्रबाट विशेष लाभ रहने छ । प्रेममा मधुरता छाउने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
मनोरञ्जनमा सहभागीता भइएला । व्यापार,व्यवसायमा लाभ हुनेछ । शिक्षामा सफलता मिल्ने छ । रोमाञ्चक यात्रा हुनेछ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७